मितेरी डेभलपमेन्ट बैंक र नेपाल इन्स्योरेन्सकाे शेयरमूल्य समायोजन
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक र नेपाल इन्सयोरेन्सको शेयरमूल्य समायोजन भएको छ। दुबै कम्पनीले लाभांश वितरणको लागि बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरी नयाँ मूल्य तोकेका हुन।
नेप्सेले मितेरी डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ३९० रुपैयाँ ८७ पैसा कायम गरेको छ। समायोजन अघि बैंकको शेयरमूल्य प्रतिकित्ता ४२८ रुपैयाँ थियो। कम्पनीले ९.५० प्रतिशत बोनस वितरण गर्न बुकक्लोज गरेसँगै मुल्य समायोजन भएको हो।
यस्तै नेप्सेले नेपाल इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ७९५ रुपैयाँ ४५ पैसा कायम गरेको छ। मूल्य समायोजन अघि कम्पनीको शेयरमूल्य प्रतिकित्ता ८९५ रुपैयाँ ४५ पैसा थियो। कम्पनीले शेयरधनीलाई १० प्रतिशत बोनस वितरणको लागि बुकक्लोज गरेसँगै शेयरमूल्य समायोजन भएको हो।
बिहीबार यही समायोजित मुल्यलाई आधार मानेर दुबै कम्पनीका शेयर कारोबार खुल्ने छ।