लोकसेवा आयोगले माग्याे ३८१ जना अधिकृत

काठमाडौ । लोकसेवा आयोगले अधिकृत पदका लागि आवेदन माग गरेकाे छ । आयोगले एकैपटक ३८१ जना अधिकृतका लागि दरखास्त आह्वान गरेकाे छ ।
बुधबार आयोगले एक सूचना प्रकाशित गर्दै आयोगले २७३ जना अधिकृत नियुक्त गर्न खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन खुलाएको हो ।
आयोगले निजामतीतर्फका सामान्य प्रशासन, राजस्व, लेखा, लेखापरीक्षण, परराष्ट्र समूहमा २०३ जना, न्याय सेवा (न्याय, कानून र सरकारी वकिल समूह)तर्फ ६८ जना र मावअधिकार सेवातर्फ २ जना अधिकृत माग गरेको हो ।
आयोगले जेष्ठता र कार्यसम्पादन मूल्यांकनमार्फत हुने बढुवाका लागि निजामती सेवातर्फ १०६ जना माग गरेको छ । यसैगरी, मानवअधिकार सेवाका लागि २ जनाको बढुवा हुनेछ ।
दरखास्त दिने अन्तिम दिन पुस १७ गते रहेकाे छ । यद्धपी पुस २४ गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिनेछ । आवेदन अनलाइनमार्फत दिनुपर्नेछ ।