जसपाको मगरात राष्ट्रिय समिति पुनर्गठन
![banner03 banner03](https://www.arthikpati.com/wp-content/uploads/2023/12/banner03-2-1024x638-1452x904.jpg)
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको मगरात राष्ट्रिय समिति (गण्डकी प्रदेश) पुनर्गठन भएको छ । मंगलबार आयोजित कार्यक्रमबाट धनबहादुर गुरुङको अध्यक्षतामा २३ सदस्यीय समिति पुनर्गठन भएको हो ।
समितिको उपाध्यक्षमा जुमबहादुर गुरुङ, गंगा घर्ती मगर, रेशम गुरुङ्ग र मुख्यसचिवमा देवीसरा पुलामी चयन भएका छन् ।
जसपाले यस अघि मगरात राष्ट्रिय समिति (लुम्बिनी प्रदेश) समिति गठन गरेको थियो । दुबै प्रदेश अन्तर्गतका राष्ट्रिय समिति पुनर्गठनपश्चात मगरात राष्ट्रिय समन्वय समिति गठन गरिने छ ।