नेप्सेमा नयाँ अध्यक्ष, सेबोन पूर्वअध्यक्ष पौडेल चयन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त भएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल धितोपत्र बोर्ड (सेबोन) पूर्वअध्यक्ष पौडेललाई नेप्से अध्यक्षको जिम्मेवारी दिएका छन् ।
नेप्सेमा यसअघि भूपराज बराल अध्यक्ष थिए । अर्थमन्त्री महतले भन्सार विभागका महानिर्देशक पौडेललाई नेप्से अध्यक्षमा नियुक्त गरेका हुन् । उनलाई अर्थ मन्त्रालयले नियुक्तिपत्र समेत दिइसकेको छ ।
यस अघिका अध्यक्ष बराललाई अर्थ मन्त्रालयले गत जेठ ३२ गते मन्त्रिस्तरीय निर्णय गरी नेप्सेमा नियुक्त गरेको थियो । नयाँ अध्यक्ष नियुक्तिसँगै उनलाई मन्त्रालयमै फिर्ता बोलाइएको छ ।