नेप्सेमा दोहोरो अंकको गिरावट, चार अर्ब ८४ करोडको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १५.४० अंकले घटेर एक हजार ९ सय ४८ दशमलब ५७ विन्दुमा बन्द भएको हो ।
त्यस्तै, आज नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । आज चार अर्ब ८४ करोड २७ लाख ७४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएकामध्ये ८१ कम्पनीको शेयरमूल्य बढेको छ भने १५७ कम्पनीकोे शेयरमूल्य घटेको छ । ३ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार ६ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । बोटलर्स नेपाल बालाजु लिमिटेड, सामुदायिक लघुवित्त वित्तीय संस्था, दोल्ती पावर कम्पनी लिमिटेड, मानुषी लघुवित्त वित्तीय संस्था, इन्फिनिटी लघुवित्त वित्तीय संस्था र हाथवे इनभेष्टमेन्ट नेपाल लिमिटेडको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।
त्यस्तै, समता लघुवित्त वित्तीय संस्था लिमिटेड लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ७.१५ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्य एण्ड वेल कम्पनी लिमिटेडको भएको छ । आज यस बैंकको २५ करोड १५ लाख बराबरको कारोबार भएको छ ।