आइसीएफसी फाइनान्सको नगद लाभांश घोषणा
काठमाडौं । आइसीएफसी फाइनान्सले गत वर्षको नाफाबाट सेयरधनीलाई कर सहित ६.५० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । यस फाइनान्सको मंसिर २२ गते शुक्रबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको ६.५० प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र यस फाइनान्सको वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर सहित ५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गरेको थियो ।