चिलिमे जलविद्युत कम्पनीको लाभांश घोषणा
काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले १५% लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १०% बोनस सेयर र ५% नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो । कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुनेछ ।
यता, कम्पनीले लाभांश पारित गर्न पुस २० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनको लागि चिलिमेले पुस ८ गते बुक क्लोज गर्नेछ । यसर्थ, पुस ७ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् । गत वर्ष कम्पनीले ७.५% बोनस सेयर र ७.५% नगद लाभांश वितरण गरेको थियो ।