आन्तरिक रेमिट्यान्स थोरै मात्र सीमा राखेर खुला हुन्छ : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले आन्तरिक रेमिट्यान्स थोरै मात्र सीमा राखेर खुला हुने बताएका छन् । मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक गरेपछि पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘तल्लो तहमा पैसा पठाउन समस्या भयो भनेपछि हामीले आन्तरिक रेमिट्यान्समाथि अध्ययन गरिरहेका छौ’, उनले भने ‘अध्ययन अन्तिम चरणमा पुगेको छ । त्यसबाट प्राप्त सुझावका आधारमा १०–१५ हजारको सीमा राखेर खुलाउने तयारीमा छौं ।’
हुण्डी कारोबार बढेको भन्दै आन्तरिक रेमिट्यान्स सेवा नै बन्द गरिदिएपछि जनतालाई एक ठाउँबाट अर्को ठाउँमा पैसा पठाउन अप्ठ्यारो हुँदै आएको छ ।