नेपाल इन्सुरेन्सको लाभांश पारित गर्न पुस १३ मा एजीएम
काठमाडौं । नेपाल इन्सुरेन्स कम्पनीले लाभांश प्रस्ताव पारित गर्न पुस १३ गते वार्षिक साधारण सभा बोलाएको छ । यस इन्सुरेन्सको मंगलबार बसेको सञ्चालको समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा कम्पनीले सेयरधनीलाई १०५ बोनस सेयर र कर प्रयोजनका लागि ०।५२५ नगद गरी जम्मा १०।५२५ लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
सभा प्रयोजनका लागि कम्पनीले मंसिर २८ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, मंसिर २७ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।