प्रतिबन्ध पछि टिकटकले नेपालमा दर्ता हुन सरकारलाई चिठी पठायाे
काठमाडौं । टिकटकले नेपालमा दर्ता हुनका लागि नेपाल सरकारलाई चिठी पठाएकाे छ । सरकारले टिकटक प्रतिबन्ध गरेपछि औपचारिक दर्ता गर्न टिकटकले इमेल गरेको छ ।
सरकारले सामाजिक सञ्जालको प्रयोगलाई नियमन गर्ने निर्देशिका २०८० जारी गरिसकेकाे छ । जसकारण नेपालमा दर्ता प्रक्रियामा जान टिकटकले सरकारलाई इमेल गरेको हाे ।
यद्धपी २७ कात्तिकमा सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । जसअनुसार टिकटक दर्ता हुने कुरा हाल संभव नभएकाे देखिएकाे छ । सामाजिक सद्भाव बिथोलिन थालेको भन्दै सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउनुपरेको बताउँदै आएको छ । सरकारको उक्त निर्णयविरुद्ध १४ रिट निवेदनहरु सर्वोच्चमा दायर भएका थिए ।