नमस्ते पे मार्फत प्रत्येक उडान टिकेट खरिदमा १०० रुपैयाँ क्यासब्याक

काठमाडौं । डिजिटल वालेट नमस्ते पेमार्फत उडान टिकेट बुक गर्ने यात्रुले १०० रुपैयाँ क्यासब्याक पाउने भएका छन् । कम्पनीले आफ्ना ग्राहकलाई सुपथ मूल्यमा टिकेट उपलब्ध गराउने उद्देश्यले शुक्रबारदेखि यस्तो अफर ल्याएको हो । यो अफर आगामी पुस १४ गतेसम्म सञ्चालन हुनेछ ।
१०० रुपैयाँ क्यासब्याक पाउन यात्रुले कुनै किसिमको प्रोमोकोड प्रयोग गर्नु नपर्ने कम्पनीले उल्लेख गरेको छ । नमस्ते पे वालेटबाट सो समयावधिभित्र टिकेट खरिद गर्दा स्वतः क्याशब्याक पाइनेछ। ‘क्यासब्याक प्रति टिकेट मान्य छ, जसको अर्थ यात्रुले जति धेरै टिकट खरिद गर्नेछन्, उति नै बढी क्याशब्याक प्राप्त गर्नेछन्,’ कम्पनीले विज्ञप्तिमा भनेको छ ।