आजबाट क्याम्ब्रिजको ‘एड्मिसन मन्थ’
काठमाडौं । उच्च शिक्षाका लागि विदेश जानेहरुका लागि क्याम्ब्रिजले ‘एड्मिसन मन्थ’ सुरु गरेको छ । क्याम्ब्रिजले डिसेम्बर ३ देखि जनवरी ३ सम्मकालागि ‘एड्मिसन मन्थ’ गर्न लागेको हो ।
एक महिनाभर चल्ने ‘एड्मिसन मन्थ’मा अध्ययनका लागि क्यानडा, यूके र अस्ट्रेलिया जाने विद्यार्थीहरुलाई सहि सूचना र परामर्श दिइने क्याम्ब्रिजका संस्थापक निर्देशक शिशिर सिंखडाले जानकारी दिए । ‘एड्मिसन मन्थ’मा क्यानडा, यूके र अस्ट्रेलियाका युनिभर्सिटी, कलेजका बारेमा सत्यतथ्य जानकारी दिन तथा भिजा प्रक्रिया, लागत, छात्रवृत्ति लगायतका बारेमा सम्बन्धीत कलेज र युनिभर्सिटीहरुका प्रतिनिधिहरुबाटै परामर्श दिइनेछ ।
‘डिसेम्बर ३ देखि ३ जनवरी २०२४ सम्म एक महिना ‘एड्मिसन मन्थ’ घोषणा गरेका छौं । यी दिनहरुमा क्याम्ब्रिजका सबै शाखाहरुमा विद्यार्थीहरुले दक्ष, अनुभवी शैक्षिक परामर्शदाताबाट परामर्श पाउन सक्नुहुन्छ । साथै, क्यानडा, यूके र अस्ट्रेलियाका प्रतिष्ठित कलेजहरुका प्रतिनिधिहरुबाट पनि परामर्श लिन सक्नुहुन्छ ।’ सिंखडाले भने ।
‘एड्मिसन मन्थ’मा विद्यार्थीले आफ्नो शैक्षिक, आर्थिक र व्यक्तिगत अवस्था हेरेर विज्ञ व्यक्तिबाट कुन देश जाने ?, कस्ता युनिभर्सिटी र कलेजमा जाने ?, कुन भाषा परीक्षा दिँदा उपयुक्त हुन्छ ? भिजा प्रकृया के छ ? त्यो देशको शैक्षिक, प्रशासनिक कानुन कस्तो छ ?, कस्ता विषयहरु अध्ययन गर्दा भोलीको भविष्य उज्वल हुन्छ ?, त्यहाँका युनिभर्सिटी र कलेजले दिने सेवा, सुविधा र छात्रवृत्ति कस्ता हुन्छन् ?, लागत कति लाग्छ भन्ने सन्दर्भमा परामर्श प्राप्त गर्न सक्छन् । यसका अलावा ‘एड्मिसन मन्थ’मा विद्यार्थीले ती देशहरुमा पढ्दै गर्दा पाइने अवसरका बारेमा पनि जानकारी हासिल गर्न सक्छन् ।
क्याम्ब्रिजका संस्थापक निर्देशक सिंखडाका अनुसार पछिल्लो समय १२ कक्षा पास गरिसकेपछि उच्च शिक्षा हासिल गर्न क्यानडा, युके र अस्ट्रेलिया नेपाली विद्यार्थीहरुको प्राथमिकतामा परेको छ । सरल भिजा प्रकृया, विश्वकै उत्कृष्ट युनिभर्सिटी र कलेज तथा अध्ययनकै क्रममा आकर्षक अवसरहरु पाइने भएकाले नेपाली विद्यार्थीहरु क्यानडा, यूके र अस्ट्रेलिया गएका हुन् ।
‘एक दशकयताको तथ्यांक हेर्दा यी देशहरुमा नेपाली विद्यार्थीहरु जानुमा त्यहाँका युनिभर्सिटी र कलेजहरुको गुणस्तरीयता, उच्च शिक्षा हासिल गरिसकेपछि पाइने अवसर र उज्वल भविष्यको सुनिश्चितता नै मुख्य कारण हो ।’ क्यानडा, यूके र अस्ट्रेलियामा पछिल्लो समय धेरै नेपालीहरु स्थापित भइसकेकाले नयाँ जाने विद्यार्थीहरुलाई त्यहाँ सामाजिकीकरण हुन सहज भइरहेको भन्दै क्याम्ब्रिजका सिंखडाको भनाई छ ।
डेढ दशकदेखि शैक्षिक परामर्श क्षेत्रमा सकृय सिंखडाले क्यानडा, यूके, यूएसए, अस्ट्रेलिया र युरोपका प्रतिष्ठित युनिभर्सिटी र कलेजहरुका लागि शैक्षिक परामर्श दिइरहेका छन् । क्याम्ब्रिजको काठमाडौंको बागबजारमा मुख्य कार्यालय रहेको छ भने, काठमाडौंमै नयाँ बानेश्वर, ललितपुर, काभ्रेको बनेपा, विराटनगर, धरान, दमक, उर्लाबारी र विर्तामोडमा शाखाहरु रहेका छन् ।