निफ्राले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । बैंकले मंसिर १० गते शनिबार चौथो वार्षिक साधारण सभा बोलाएको हो ।
सो सभा अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तीसपुतली, काठमाडौँमा बिहान ९ बजेदेखि शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको ४.२१०५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामायिक संशोधन गर्ने र अन्य आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १ गते बुकक्लोज गर्नेछ । यस अनुसार कात्तिक ३० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।