छैटौँ सामाजिक सुरक्षा दिवसको अवसरमा सिप्रदी सम्मानित
![whatsapp-image-2023-11-27-at-18 whatsapp-image-2023-11-27-at-18](https://www.arthikpati.com/wp-content/uploads/2023/11/whatsapp-image-2023-11-27-at-18-1024x576-1024x585.webp)
काठमाडौँ । सिप्रदी ट्रेडीङ्ग प्रा. लि. छैटौँ सामाजिक सुरक्षा दिवसको अवसरमा सम्मानित भएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषको सुरुवात भएको पाँच वर्ष पुगेको अवसरमा थोक तथा खुद्रा बिक्री क्षेत्रबाट सूचीकृत रोजगारदाताहरू मध्ये आ.व. २०७९/८० मा योगदानकर्ताहरूको सङ्ख्याको आधारमा सिप्रदी ट्रेडीङ्ग प्रा. लि. उत्कृष्ट हुन सफल भएको हो । उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिप्रदी ट्रेडीङ्ग प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठलाई सम्मान पत्र हस्तान्तरण गरे ।
सिप्रदी ट्रेडीङ्ग प्रा. लि. अटोमेटिभ, इनर्जी, लुब्रीकेन्ट, वित्तीय सेवाहरू तथा इक्यूपमेन्ट व्यवसायको क्षेत्रमा अगाडी बढिरहेको कम्पनी हो । साथै एक्साइड ब्याट्री, म्याक लुब्रिकेन्ट्स र मिसेलिन टायर लगायतको वितरकको काम पनि कम्पनीले गर्दै आएको छ ।