ग्लोबल आइएमई बैंककाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
![GIBL GIBL](https://www.arthikpati.com/wp-content/uploads/2023/11/GIBL-3-683x1024-1024x585.jpg)
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १३ गते बुकक्लोज गर्दै छ। यस अनुसार मंसिर १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। आजसम्म शेयर खरिद गरेका शेयरधनीले बैंकले वितरण गर्ने लाभांश पाउने छन्।
बैंकले मंसिर २८ गते, बिहीबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा १७ औँ वार्षिक साधारण सभा बोलाएको हो। सभाले हाल कायम चुक्ता पूँजीको १ प्रतिशतका दरले बोनस शेयर र कर सहित ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।