नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा अफर’ सार्वजनिक
![nimb-logo_q53o6LcYqc nimb-logo_q53o6LcYqc](https://www.arthikpati.com/wp-content/uploads/2023/11/nimb-logo_q53o6LcYqc-1024x662-1024x585.webp)
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एनसीएचएलसँगको सहकार्यमा एक अफर सार्वजनिक गरेको छ । आफ्ना मोवाइल बैंकिङ प्रयोगकर्ताहरुका लागि बैंकले फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा अफर’ अफर सार्वजनिक गरेको हो ।
सो अफर अन्तर्गत हरेक तीनजना भाग्यशाली प्रयोगकर्ताले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एपबाट कनेक्टआईपीएसलाई छनोट गरी फण्ड ट्रान्सफर गर्दा १–१ थान स्मार्टफोन जित्न सक्नेछन् ।
सो अफर मंसिर १० गते देखि पुष ९, २०८० गतेसम्म लागु हुनेछ ।