पिज्जा हटको थिन क्रस्ट पिज्जा अब नेपालमा
काठमाडौँ । पिज्जा हट, नेपालको सबैभन्दा लोकप्रिय पिज्जा ब्रान्डले आफ्नो मेनुमा थिन क्रस्ट पिज्जा ल्याएको छ, जसले पिज्जा हटको मेनुमा नौलो स्वाद ल्याएको छ । मात्र रु. ४९९÷– बाट सुरु हुने पिज्जा हटको ह्यान्डक्राफ्टेड थिन क्रस्ट पिज्जाहरू नेपालभरको ग्राहकहरूका लागि पिज्जाको एक अतुलनीय अनुभव दिन तयार छ ।
पिज्जा उत्साहीहरूको ह्यान्डक्राफ्टेड पिज्जाको बढ्दो मागलाई मध्यनजर गर्दै पिज्जा हट नेपालले नेपालको लागि विशेष रूपमा थिन क्रस्ट पिज्जा तयार गरेको छ जुन १२ विभिन्न टोपिङहरूमा उपलब्ध छन् ।
ग्राहकहरूले डाइन–इन वा टेक–अवेको लागि आफ्नो नजिकको पिज्जा हट रेस्टुरेन्टमा जान सक्नुहुनेछ र भोज, फुडमान्डु, पठाओ जस्ता एग्रिगेटरद्वारा डेलिभरीको लागि अर्डर गर्न पनि सक्नुहुनेछ ।
ब्रान्डले सबै नियामक र आवश्यक स्वास्थ्य दिशानिर्देशहरू पालना गरि अगाडी बढेको छ । पिज्जा हट नेपालले उत्कृष्ट गुणस्तर र स्वाद सुनिश्चित गर्नका लागि सबै खाद्य तयारीहरूमा ताजा र उच्च गुणस्तरका सामग्रीहरू प्रयोग गरिन्छ ।