दुई विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सांग्रिला र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज मंसिर १० गते आइतबार अन्तिम दिन हो । साधारण सभा प्रयोजनका लागि यी दुवै बैंकले मंसिर ११ गते बुक क्लोज गर्ने भएका छन् । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ ।
सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ५% बोनस सेयर र कर प्रयोजनका लागि ०.२६% नगद लाभांश वितरण गर्दैछ । बैंकले उक्त लाभांश प्रस्ताव पारित गर्न मंसिर २४ गते वार्षिक साधारण सभा डाकेको छ । सभा, लैनचौर ब्यांकेट, लैनचौर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
यता, शाइन रेसुंगा डेभलपमेन्ट बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई १०.५०% बोनस सेयर र कर तिर्न ०.५५% नगद लाभांश वितरण गर्दैछ । यस बैंकले लाभांश प्रस्ताव सहित मंसिर २३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एन्ड प्रा. लि मणिग्राम, रुपन्देहीमा बिहान ११ बजेबाट सुरु हुनेछ ।