जसपाको लिम्बुवान राष्ट्रिय समिति पुनर्गठन, अध्यक्षमा लावती
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको लिम्बुवान राष्ट्रिय समिति पुनर्गठन भएको छ । शनिबार पाँचथरको फिदिममा आयोजित कार्यक्रमबाट जेन्टल लावती डम्बरको अध्यक्षतामा ३५ सदस्यीय समिति पुनर्गठन भएको हो ।
समितिको उपाध्यक्षमा एविराज आङदेम्बे, सन्जय राई, अग्निमाया मेचे, मुख्यसचिव केदार धिमाल, सचिव हेमराज जिमी, सचिव अजित धिमाल, सचिव सुष्मा राई र कोषाध्यक्ष टुपेन्द्र एक्तेन चयन गरिएको उक्त समितिका मुख्य सचिव केदार धिमालले जानकारी दिए ।
कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य एवम् कोसी प्रदेश समिति इन्चार्ज रकम चेम्जोङ, कार्यकारिणी सदस्य रणध्वज कन्दङ्वालगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
लिम्बुवान समिति पुनर्गठन भएसँगै जसपाका दश प्लस एक अन्तर्गतका पहिचानका राष्ट्रिय समिति पुनर्गठन सम्पन्न भएका छन् ।