यो साता सुनको मूल्यमा सामान्य बृद्धि
काठमाडौं । यो साता सुनको मुल्यमा सामान्य बृद्धि भएको छ । साताभरमा सुन ताेलामा ८०० रूपैयाँले महंगिएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा आएको उतार चढावका कारण समग्र बजारमा सामान्य प्रभाव पर्न गई सुनको मुल्य बढ्न सहयोग पुगेको बिश्लेषकहरुको भनाई छ ।
नेपाली बजारमा पनि यो साता सुनको मुल्य सामान्य बढेकाे महासंघका महासचिव धर्म सुन्दर बज्राचार्य बताउँछन् । साताको पहिलो दिन, प्रतिताेला एक लाख १५ हजार ५०० रुपैयाँ रहेको थियाे । त्यसपछिकाे ती दिन सुनकाे भाउ निरन्तर वृद्धि भएकाे थियाे । तीन दिनमा सुन प्रतिताेला एक हजार रूपैयाँले बढेकाे महासंघकाे तथ्यांकमा देखिन्छ । साेमबार प्रतिताेला एक लाख १५ हजार ७०० रूपैयाँ रहेकाे सुन बुधबारसम्ममा एक लाख १६ हजार ५०० रूपैयाँ पुगेकाे थियाे । सुनको मुल्य बुधबार र बिहिबार भने एकै मूल्यमा काराेबार एक लाख भएकाे थियाे । तर शुक्रबार भने सुन ताेलामा २०० रूपैयाँले घटेर प्रतिताेला एक लाख १६ हजार ३०० रूपैयाँमा खरिदबिक्री भएकाे हाे ।
यसैगरी, यस साता नेपाली बजारमा चाँदीको मुल्य स्थिर रह्यो । मंसिर ३ गते, चाँदी प्रतिताेला एक हजार ४५० रूपैयाँ ताेकिएकाे चाँदीको भाउ साताको अन्तिम कारोबार भएको दिन शुक्रबारसम्म पनि सोही मुल्यमा कायम रह्याे ।
विश्व बजारमा पनि यस साता सुनकाे भाउ सामान्य बढेकाे छ । शुक्रबार सुनकाे भाउ बढाेत्तरी भएकाे छ । यस दिन सुन प्रति अउन्स २ डलरले बढेर एक हजार ९९५ डलर बराबरमा काराेबार भइरहेकाे छ । लगानीकर्ताहरूले सुनमा लगानी थुप्राउँदा सुनकाे भाउ बढ्न टेवा पुगेकाे हाे । यसकासाथै डलर केहि कमजाेर बन्दा पनि सुन महंगिएकाे विज्ञहहरूले बताएका छन् ।
साे बजारमा चाँदि भने हल्का सस्तिएकाे छ । शुक्रबार चाँदी प्रति अउन्स २३ डलर भन्दा बढिमा किनबेच हुँदैछ ।