मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरिएको शेयर बाँडफाँड
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरेको शेयर बाँडफाँड गरेको छ । बिक्रि प्रबन्धक एनआइएमबि एस क्यापिटलले आज मङ्सिर ७ गते शेयर बाँडफाँड गरेको हो ।
कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई कार्तिक १० देखि कार्तिक २४ सम्म १ लाख ४० हजार कित्ता शेयर निष्काशन गरेको थियो । क्यापिटलका अनुसार यस निष्काशनमा ३१ हजार १९ सय ६ जना आवेदन प्राप्त भएको थियो ।जस मध्ये २ जना आवेदकहरुको आवेदन रितपुर्वक नदेखिएकोले उक्त २ आवेदनहरुलाई अयोग्य ठह¥याई रद्द गरी कूल ३१ हजार १ सय ९४ जना आवेदकहरुलाई योग्य मानेर शेयर बाँडफाँड गरिएको छ ।
माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँड गरिएको छ । जस अनुसार १४ हजार आवेदकले न्यूनतम १० कित्ताका दरले शेयर पाएका छन्।
यस संगै अब कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ । कम्पनीले मङ्सिर ८ गतेदेखि सर्वसाधारणलाई ११ लाख ४८ हजार कित्ता शेयर निष्काशन गर्ने छ । यस निष्काशनमा मङ्सिर १२ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ । आईपीओ निष्काशनको लागि एनआईएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
सर्वसाधारणलाई शेयर निष्काशन गरेपछि कम्पनीको चुक्ता पुंजी ७० करोड पुग्ने छ । आईपीओ पछि कम्पनी संस्थापक र सर्वसाधारण शेयरधनी अनुपात ८० प्रतिशत र २० प्रतिशत हुने छ ।
मुक्तिनाथ विकास बैंकको प्रमुख लगानी तथा कृषि क्षेत्रको प्रवर्दनमा विभिन्न पेशाहरुमा आवद्द व्यक्तिहरुद्वारा २०७५ साल भदौ १ गते मुक्तिनाथ कृषि कम्पनीको स्थापना भएको हो। कृषिबाट मात्रै नेपालको उन्नति प्रगति भन्ने सोचले यो कम्पनी स्थापना भएको हो।