अब सबै नेपाली चलचित्र निर्माता र वितरकले ५०-५० प्रतिशत शेयर पाउने
काठमाडौं । अब हलमा नेपाली चलचित्र प्रदर्शन गर्दा नेपाली चलचित्र निर्माताले ५० प्रतिशत शेयर पाउने भएका छन् । बिहीबार चलचित्र संघ र चलचित्र निर्माता संघबीच बराबर शेयर पाउने सम्झौता भएको हो ।
उक्त सम्झाैता पत्रमा चलचित्र संघका अध्यक्ष वीरेन्द्रनारायण श्रेष्ठ र चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले हस्ताक्षर गरेका हुन् ।
सम्झाैता अनुसार अब सबै नेपाली चलचित्र निर्माता र वितरकले ५०-५० प्रतिशत शेयर पाउने भएका हुन् । चलचित्र ‘दिमाग खराब’ प्रदर्शनमा आएको कात्तिक २४ गतेदेखि यो व्यवस्था लागू हुने भएकाे हाे ।
मंगलबार र बुधबार दुवै चलचित्रसम्बन्धी संस्थाका वार्ता टोलीले शेयर बाँडफाँटको विषयमा वार्ता गरिरहेकाे थियाे । चलचित्र ‘दिमाग खराब’का निर्माताले माग पुरा भएपछि दुवै संस्थाका वार्ता टोलीले जुटाएको सहमतिलाई कार्यसमितिले अनुमोदन गरेकाे हाे।