युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानको प्रदर्शनलाई लक्षित गरी उपत्यकाको सुरक्षा व्यवस्था कडा, सात हजार प्रहरी परिचालन
काठमाडौँ । दुर्गा प्रसाईं र युवा संघको विरोध प्रदर्शनलाई लक्षित गर्दै उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
काठमाडौँमा आज हुन लागेका दुईवटा छुट्टाछुट्टै समूहको विरोध प्रदर्शनलाई लक्षित गरेर बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको हो ।
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आज छुट्टाछुट्टै कार्यक्रम गर्न लागेको छ । यहि कार्यक्रमलाई लक्षित गर्दै बानेश्वर, माइतिघर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।
आज बल्खुमा प्रसाईं नेतृत्वको महाअभियानले प्रदर्शन गर्ने बताइएको छ । त्यस्तै नेकपा एमाले निकट युवा संघले काठमाडौँको तीनकुनेमा प्रदर्शन गर्ने भएको छ ।
सुरक्षा व्यवस्थापनका लागि करिब ७ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।