प्रदेश सांसद सञ्जिलाकुमारी यादवले लिइन सपथ
काठमाडौँ । मधेस प्रदेश सभा सदस्य सञ्जिलाकुमारी यादवले सपथ लिएकी छन् । आज मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले यादवलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।
विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि रिक्त स्थानका लागि निर्वाचन आयोगले सिरहा निवासी यादवलाई निर्वाचित गरेको थियो ।
यादव जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय सदस्य एवमं समाजवादी महिला संघ मधेस प्रदेश समितिकी अध्यक्ष समेत हुन् ।
यादव जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय सदस्य एवमं समाजवादी महिला संघ मधेस प्रदेश समितिकी अध्यक्ष समेत हुन् ।