युनिलिभर नेपालद्वारा भूकम्पपीडितका लागि एक करोड रुपैयाँ हस्तान्तरण
![pr-photo_7H3E6Kp33v pr-photo_7H3E6Kp33v](https://www.arthikpati.com/wp-content/uploads/2023/11/pr-photo_7H3E6Kp33v-1024x635-1024x585.webp)
काठमाडौँ । युनिलिभर नेपाल लिमिटेडले जाजरकोट र रुकुम जिल्लाका भूकम्पपीडितको पुनर्निर्माण र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ योगदान गरेको छ । उक्त चेक कम्पनीका सञ्चालक तथा वरिष्ठ अधिकारीहरूको प्रतिनिधिमण्डलले सम्माननीय प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका हुन् ।
यसअघि कम्पनीले भूकम्प गएको भोलिपल्टै प्रभावित जिल्लामा पाल, कम्बल, औषधि, ड्राई फुड, हर्लिक्स, सुप लगायतका तत्काल राहत सामग्री पुर्याएको थियो । लिमिटेडले भूकम्पमा परी ज्यान गुमाएका दिवङ्गत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ ।