सिद्धार्थ प्रिमियर इन्सुरेन्सको नाफा ७६.१४ प्रतिशतले बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सिद्धार्थ प्रिमियर इन्सुरेन्सको खुद नाफा ७६.१४% ले बढेर १४ करोड ६१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ७ करोड ९५ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद बिमा शुल्क आर्जन र लगानी तथा कर्जाबाट हुने आम्दानीमा वृद्धि भएसँगै नाफा पनि बढेको हो ।
खुद बिमा शुल्क आर्जन १७७.६९% ले बढेर ३४ करोड २३ लाख ६७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १२ करोड ३२ लाख ९१ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । त्यस्तै, लगानी तथा कर्जाबाट हुने आम्दानी १३७.५५% ले बढेर १८ करोड ९५ लाख १ हजार रुपैयाँ पुगेको छ ।
असोज मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार रुपैयाँ छ । यता, प्रतिसेयर आम्दानी भने ५ रुपैयाँ ९५ पैसाले घटेर १९ रुपैयाँ ९५ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ २६१ रुपैयाँ ३९ पैसा छ ।