भारतलाई पराजित गर्दै अष्ट्रेलियाले जित्यो विश्वकप उपाधि

काठमाडौं । अस्ट्रेलियाले आइतबार छैटौंपल्ट विश्वकप क्रिकेट ट्रफी जितेको छ । ट्राविस हेड र मानर्स लाबुशेनको उत्कृष्ट पारीको मदतमा अष्ट्रेलियाले घरेलु टोली भारतलाई ६ विकेटले हराउँदै एकदिवसीय विश्वकपको उपाधि जितेको हो ।
अहमदाबादमा भएको फाइनल भिडन्तमा भारतले २४० रन बनाएको थियो । अष्ट्रेलियाले ट्राविस हेडको १३७ रन र मानर्स लाबुशेनको अविजित ५८ रनको मदतमा ४३ ओभरमा ४ विकेट गुमाएर २४१ रन बनायो ।