स्टान्डर्ड चार्टर्ड बैंकको साधारणसभा मंसिर २४ गते, लाभांश प्रस्ताव पारित गर्दै

काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले प्रतिसेयर १९ रुपैयाँ नगद लाभांश पारित गर्नका लागि मंसिर २४ गतेका लागि साधारणसभा बोलाएको छ ।
भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बस्ने साधारणसभाले नगद लाभांशका अलवा २०७९/८० को संचालक समितिको वाषिर्क प्रतिवेदन, वाषिर्क वित्तीय विवरण लगायत छलफल गरी पारित गर्नेछ ।
साधारणसभाका लागि कम्पनीले मंसिर ७ गते सेयर दाखिल खारेज गर्ने जनाएको छ । यसको अर्थ अघिल्लो दिन अर्थात मंसिर ६ गतेसम्म कायम सेयरधनी मात्रै बैंकले घोषणा गरेको प्रतिकित्ता १९ रुपैयाँ नगद लाभांश लिन योग्य हुनेछन् ।