यो साता सुनको मूल्यमा बृद्धि
काठमाडौं । यो साता विश्व बजारमा सुनको मुल्यमा बृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य बिगत दुई साताकै उच्च बिन्दुमा पुगेको छ भने चाँदीको मुल्य छ साता यताकै महँगो भएको छ ।
अमेरिकी रिजर्भ बैंक फेडले यस पटकको स्प्रिङ सिजन (बसन्त ऋतुको समय) मा ब्याजदर कतौती गर्न सक्ने आँकलन गर्दै लगानीकर्ताहरु सुनतर्फ आकर्षित हुन थालेकोले मुल्य वृद्धिमा चाप परेको बिश्लेषकहरुको अनुमान छ ।
नेपाली बजारमा पनि यो साताको पहिलो दिन आइतबार प्रति १० ग्राम ९७ हजार ४ सय ८० रुपैयाँ रहेको सुनको मुल्य साताको दोस्रो दिन सोमबार सामान्य घटेर ९७ हजार ५० मा झरेकोमा तिहार बिदाका कारण मंगलबार देखि बिहिबार सम्म सुनको भाउ प्रकाशित भएन । साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार भने मुल्य बढेर ९९ हजार २५ पुग्यो । जुन साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति १० ग्राम १ हजार ५ सय ४५ रुपैयाँले बढी हो ।
यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि सामान्य बढेको छ । साताको पहिलो दिन १ हजार १ सय ८३ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार २ सय ४३ रुपैयाँमा पुगेको छ ।