गायिका एवं एमाले नेतृ कोमल वलीलाई मातृशोक
काठमाडौं । चर्चित गायिका, एमाले नेत्री तथा राष्ट्रिय सभाकी पूर्वसदस्य कोमल ओलीलाई मातृशोक परेको छ ।
उनकी आमा दीपा ओलीको ८२ वर्षको उमेरमा काठमाडौंको अल्का अस्पतालमा आज निधन भएको छ ।
हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट केही समय अगाडिदेखि बिरामी रहेकी ओलीको आज बिहान ११ बजे निधन भएको हो ।
वि.स. १९९८ सालमा रोल्पामा जन्मिएकी दीपा ओलीले संकलन गरेको मलमलकिरी जुनकिरी नामको गीतले नै कोमल ओलीलाई गायनमा स्थापित गराएको थियो ।
दीपा ओलीको सङ्कलन तथा रचनामा रेडियो नेपाल, म्युजिक नेपाल तथा विभिन्न रेकर्डिङ स्टुडियोमा दुई दर्जनभन्दा बढी गीत रेकर्ड भएका छन् ।
ललित ट्रष्टकी संरक्षक रहेकी दीपा ओली २०४३ सालमा राप्ती अञ्चल महिला संगठनमा उपसभापति भएकी थिइन् । उनी नेपाल रेडक्रसकी आजीवन सदस्य पनि हुन् ।
उनका श्रीमान, दुई छोरा र दुई छोरी छन् । छोरा यामिन्द्र ओली तुलसीपुर नगरपालिकाका पूर्वमेयर तथा नेकपा एमाले लुम्बिनी प्रदेस कमिटी सदस्य छन् । त्यस्तै छोरी कोमल ओली राष्ट्रिय सभाकी पूर्वसदस्य, नेकपा एमालेकी केन्द्रीय सदस्य, गायिका तथा सन्चारकर्मी छिन् भने अर्का छोरा नरेन्द्र ओली स्वतन्त्र पत्रकार हुन् । यसैगरी, अर्की छोरी प्रज्ञा ओली शरद गायिका तथा रेडियो नेपालकी मुख्य कार्यक्रम अफिसर छिन् ।