टिकटक बन्द गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ ।
सोमबारको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
टिकटकबाट सामाजिक सद्भाव विथोलिने गरेको र नेपालको पारिवारिक संरचना, सामाजिक सम्बन्धलाई खलबल्याउने गरी लगातार प्रचारप्रसार भइरहेकोले तत्काललाई टिकटक बन्द गर्ने निर्णय गरिएको जनाइएको छ ।
टिकटक बन्द गर्ने निर्णय कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लागेपनि तत्काल बन्द गर्ने निर्णय भएको छ ।