सिईडिबी हाइड्रोपावरको खुद नाफा घट्यो

काठमाडौँ । सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनी खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ३ करोड ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.२३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
कम्पनीको आम्दानी घटेको र खर्च बढेका कारण खुद नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको सेवा शुल्क, ब्याज तथा अन्य आम्दानी १८.३२ प्रतिशत घटेको छ। त्यसैगरी, कम्पनीको प्रशासनिक खर्च समीक्षा अवधिमा २६.०१ प्रतिशत बढेको छ भने कुल खर्च २५.१० प्रतिशत बढेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ६७ पैसा घटेर १४ रुपैयाँ ४५ पैसामा झरेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ९० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६६.३८ गुणा रहेको छ।
८३ करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५३ करोड ६३ लाख रुपैयाँ सञ्चित छ।