मधेश प्रदेशमा ‘शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता’ आयोजना
काठमाडौं । शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले मधेश प्रदेशमा ‘शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता २०८०’ आयोजना गर्ने भएको छ ।
व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मधेश प्रदेशलाई लक्षित गरी सो प्रतियोगिता आयोजना गर्न लागिएको बैंकले जनाएको छ । प्रतियोगितामा मधेश प्रदेशका १६ वर्षभन्दा माथिका महिला सहभागी हुन सक्ने छन् ।
प्रतियोगिता विभिन्न तीन चरणमा सम्पन्न हुने छ । पहिलो चरणमा सहभगी महिलाहरुले आफ्नो विस्तृत जानकारी एवम् आफ्नो एक चित्रकलाको प्रतिलिपी कम्पनीको वेभसाइटर फेसबुक पेजको क्यूआर कोड स्क्यान गरी फारम भरेर बुझाउन सकिने छ । फारम बुझाउने अन्तिम ८ मंसिर रहेको छ ।
उपलब्ध चित्रकलाको आधारमा सहभागी मध्ये ७५ सहभागीहरू दोस्रो चरणका लागि चुनिने छन् । दोस्रो चरणमा प्रवेश गरेका समहभागीहरुले कम्पनीले उल्लेख गरेको विषयमा मिथिला चित्रकला क्यान्भासमा कोर्नु पर्ने छ । दोस्रो चरणको प्रतियोगिता शौर्य सिमेन्टको आफ्नो उद्योगभित्र नै सञ्चालन हुने छ ।
अन्तिम चरणका लागि ७५ सहभागी मध्ये उत्कृष्ट १५ सहभागीहरु चुनिने छन् । यस चरणमा सहभागीहरुले शौर्य सिमेन्टको उद्योगको भित्तामा मिथिला चित्रकला बनाउनु पर्ने हुन्छ । चित्रकलाको मूल्यांकन निर्णायक समितिले गर्ने र सोही अनुरुप पुरस्कृत गरिनेछ ।
प्रतियोगितामा प्रथम हुनेले ७५ हजार रूपैयाँ, दोस्रो हुनेले ५० हजार रूपैयाँ, तेस्रो हुनेले २५ हजार रूपैयाँ पाउने छन् भने १२ जनाले सान्त्वना स्वरुप प्रत्येकले ५ हजार रूपैयाँ प्राप्त गर्ने छन् ।