नेरुडे लघुवित्तको खुद नाफा ४३.९४ प्रतिशतले घट्यो
काठमाडौँ । नेरुडे लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको तलनामा ४३.९४% थोरै हो । गत वर्ष भने ३ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी ११.३५% ले घटेर १२ करोड ६० लाख रुपैयाँमा आएको छ ।
यस्तै, इम्पेयरमेन्ट चार्ज बढेर २ करोड ५१ लाख रुपैयाँ पुगेपछि सञ्चालन नाफा ४९.२७% ले घटेर २ करोड ७२ लाखमा सीमित भएको छ ।
नेरुडे लघुवित्तलाई खराब कर्जाको पनि दबाब बढेको देखिन्छ । खराब कर्जा गत वर्ष ४.९३% रहेकामा अहिले बढेर ५.५२% पुगेको छ । यता, खुद नाफा घटेसँगै नेरुडेको प्रतिसेयर आम्दानी पनि १२.२४ रुपैयाँले घटेर १०.४१ रुपैयाँमा सीमित भएको छ ।