हिमालयन डिष्टिलरीको खुद नाफासँगै अधिकांश सूचकमा गिरावट

काठमाडौँ । हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड ५१ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ५१.३४% ले थोरै हो । गत आर्थिक वर्षको यसैअवधिमा कम्पनीले २१ करोड ५७ लाख ६० हजार रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको उत्पादन बिक्रीबाट हुने आम्दानी २९.७०% ले घटेर ९७ करोड १८ लाख १५ हजार रुपैयाँमा सीमित भएपछि खुद नाफा प्रभावित बनेको हो । यस्तै, कम्पनीको सञ्चालन नाफा पनि ४८.५५% घटेर १५ करोड ६२ लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीले समग्र व्यवसायमा चालु पुँजीको अभाव, बैंकले प्रवाह गर्ने ऋण दिन ढिलाई, ब्याजदरमा उच्च वृद्धि, उच्च प्रतिस्पर्धाको अवस्था जस्ता कारणले समग्र उद्योग व्यवसायको कारोबार नै घट्न गएको त्रैमासिक रिपोर्टमा उल्लेख गरेको छ ।
हाल हिमालयन डिष्टिलरीको सेयर पुँजी २ अर्ब ४२ करोड ९५ लाख ६६ हजार रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा ३३.२३% घटेर १ अर्ब ३ करोड ४ लाख रुपैयाँ जम्मा रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १८.२० रुपैयाँले घटेर जम्मा १७.३२ रुपैयाँ (वार्षिक) मा सीमित भएको छ । यसको प्रतिसेयर नेटवर्थ पनि ५९.२३ रुपैयाँले घटेर १४२.४१ रुपैयाँमा सीमित भएको छ ।