सानिमा बैंकको दराजसँग दराज ११.११ योजनाका लागि सहकार्य
काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग दराज ११.११ योजनामा विशेष छुट दिने सहकार्य भएको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नुहुने बैंक जनाएको छ ।
ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् २,००० रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् २,५०० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नुहुने बैंक जनाएको छ ।
योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता” को आधारमा छुट प्रदान गरिने छ । छुटका लागिग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलनगर्नुपर्नेछ। यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ता बन्दी सुविधा पनि प्राप्त गर्न सक्नुहुनेछ । यो योजना २०८० कार्तिक २५ देखि २०८० मंसिर ६ गतेसम्म १२ दिनका लागि लागू हुने बैंकले जनाएको छ ।