एनएमबि बैंकद्वारा भूकम्प प्रभावित क्षेत्रमा राहतका लागि रु. ५० लाख सहयोग

काठमाडौँ । एनएमबि बैंकले जाजरकोट केन्द्रविन्दु भई आएको भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहतका लाथि आर्थिक सहयोग गर्ने भएको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा रु. ५० लाख नगद सहयोग प्रदान गर्ने निणय गरेको हो ।
सहयोगले भूकम्प पीडितलाई राहत पुग्ने बैंकको विश्वास छ ।