एयर डाइनास्टीले भूकम्प प्रभावित राहत कोषमा ११ लाख आर्थिक सहयोग गर्ने

काठमाडौँ । एयर डाइनास्टी कम्पनीले भूकम्प प्रभावित राहत कोषमा ११ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । कम्पनीले पश्चिम नेपालको जाजरकोट, रुकुम लगायतका भूकम्प पीडितहरूको राहतका लागि प्रधानमन्त्री विपद् राहत कोषमा उक्त रकम सहयोग गर्न लागेको एयर डाइनास्टीका वरिष्ठ प्रबन्धक बालकृष्ण पण्डितले जानकारी दिए ।
उक्त रकम आजै प्रधानमन्त्रीलाई भेटेर प्रदान गरिने समेत उनले बताएका छन् ।
निजी क्षेत्रको हवाई कम्पनी एयर डाइनास्टीले राजधानी केन्द्रित काठमाडौँ बेस बनाएर २ वटा, गण्डकीको पोखराबाट एउटा र लुक्ला बेस गरेर रामेछापबाट एउटा हेलिकप्टरबाट उडान सेवा प्रवाह गरिरहेको छ ।