प्राइम बैंकले भूकम्प पीडितहरूलाई साढे २५ लाख सहयोग गर्ने
काठमाडौँ । कार्तिक १७ गते शुक्रवार राति जाजरकोट केन्द्रबिन्दु भई गएको विनाशकारी भूकम्पबाट पीडितहरूलाई राहत स्वरूप प्राइम कमर्सियल बैंकले २५ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ । सो भूकम्पमा भएको जनधनको अपूरणीय क्षतिको अकल्पनीय घटनाप्रति दुःख व्यक्त गर्दै बैंकले यस्तो सहयोगको घोषणा गरेको हो ।
यस प्राइम कमर्सियल बैंक तर्फबाट भूकम्प पीडितहरूको तत्काल राहत सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम जम्मा गर्ने बैंकले जनाएको छ ।
बैंकले विनाशकारी भूकम्पको चपेटामा परी दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना र उपचाररत सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि व्यक्त गरेको छ ।