भूकम्प प्रभावितहरूलाई सहयोग गर्न उद्योगी व्यवसायीलाई परिसंघको अपिल
काठमाडौं । शुक्रवार राती जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पका कारण भएको ठूलो जनधनको क्षतिप्रति नेपाल उद्योग परिसंघले दुःख व्यक्त गरेको छ ।
परिसंघको आइतबार भएको पदाधिकारी बैठकले भुकम्पमा ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको हो ।
‘यस दुखद् घडीमा प्रभावित नागरिकहरुलाई राहत एवं पुनस्र्थापनाका लागि आवश्यक सहयोग गर्न सबै सदस्य संस्थाहरु, उद्यमी व्यवसायी एवं व्यवसायिक संघ संस्थाहरुलाई अपिल गर्दछौं ।’, आज प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘भुकम्प प्रभावित नागरिकहरुलाई परिसंघले आफ्नोतर्फबाट सहयोग एवं राहत कार्यलाई निरन्तरता दिईरहेको छ । साथै, प्रभावित नागरिकहरुको राहत, उपचार एवं पुनस्र्थापना कार्यलाई तिब्रताका साथ अगाडि बढाउन नेपाल सरकार समक्ष हार्दिक अनुरोध गर्दछौं ।’