भूकम्प प्रभावितका लागि बुद्ध एयरले १ करोड सहयोग गर्ने, राहत ढुवानीमा पनि सघाउने
![398284335_1731584460687446_8547277256217886657_n 398284335_1731584460687446_8547277256217886657_n](https://www.arthikpati.com/wp-content/uploads/2023/11/398284335_1731584460687446_8547277256217886657_n-2-1024x768-1024x585.jpg)
काठमाडौं । बुद्ध एयरले जाजरकोट र रूकुम पश्चिमको भूकम्प प्रभावितका लागि एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
शुक्रबार राति गएको भूकम्पपछिको उद्धार, राहत, उपचार र पुर्स्थापनामा खर्च गर्ने गरी बुद्ध एयरले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो ।
‘साथै उद्धार तथा राहत सामग्री ढुवानी सहयोगका लागि पनि बचनवद्ध छौं,’ प्रेश विज्ञप्तिमा बुद्ध एयरले भनेको छ ।
भूकम्पले थुप्रैको ज्यान गएको र घरबारविहिन भएको परिस्थितिमासबै नेपालीले हातेमालो तथा सहयोगका लागि तत्पर हुनैपर्ने विज्ञप्तिमा उल्लेख छ ।
‘हामी बुद्ध एयर परिवारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १ करोड रूपैयाँ सहयोग दिने निर्णय गरेका छौं ,’ विज्ञप्तिमा भनिएको छ ।