भूकम्प प्रभावितलाई सिटिजन्स बैंकको २५ लाख रूपैयाँ सहयोग घोषणा
![jajarkot-earthquake1_kEdsOblcCa jajarkot-earthquake1_kEdsOblcCa](https://www.arthikpati.com/wp-content/uploads/2023/11/jajarkot-earthquake1_kEdsOblcCa-1-1024x768-1024x585.jpg)
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जाजरकोट भूकम्प पीडितको सहायताका लागि २५ लाख रूपैयाँ आर्थिक सहयोग घोषणा गरेको छ ।
भूकम्प प्रभावितहरूको उद्धार र उपचारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २५ लाख रूपैयाँ आर्थिक सहयोग जम्मा गर्ने निर्णय भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैंकले भूकम्पबाट ज्यान गुमाएका परिवारप्रति समवेदना र घाइतेहरुको स्वस्थ लाभको कामना समेत गरेको छ ।