रुकुम पश्चिममा सशस्त्रले पठायो १० हजार ७०० टेन्टसहितका कन्टेनर
![APF-contenar-1024x472 APF-contenar-1024x472](https://www.arthikpati.com/wp-content/uploads/2023/11/APF-contenar-1024x472-1-1024x585.jpg)
काठमाडौं । सशस्त्र प्रहरी बलले रुकुम (पश्चिम)का भूकम्प पीडितका लागि १० हजार ७०० टेन्ट पठाएको छ ।
आज बिहान ४ बजे सहायक निरीक्षक रामविश्वास यादवसहितको सुरक्षा फौज डिजास्टर रेस्पोन्स सिस्टम (डीआएस) कन्टेनरसहित रुकुम पश्चिम हिंडेको छ ।
सशस्त्र प्रहरी सहायक निरीक्षक रामविश्वास यादवसहितको सुरक्षा फौज आज बिहान करीव पौने ४ बजे तीन वटा कन्टेनरमा १० हजार ७ सय थान टेन्ट लिएर प्रभावित क्षेत्र हिँडेको हो ।
नं. २२ गुहेश्वरी गण भक्तपुरमा रहेको १० हजार थान टेन्ट र उपत्यका स्थित सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार उपत्यका गणमा रहेको ७०० थान टेन्ट त्यहाँ पठाइएको हो ।
यसअघि भूकम्प पीडितहरुको लागि आवश्यक सामग्रीसहित दाङबाट पश्चिम रुकुम र सुर्खेतबाट जाजरकोटको लागि दुई वटा डिजास्टर रेस्पोन्स सिस्टम (डीआरएस) कन्टेनर पठाइएको थियो ।