ग्लोबल आइएमई बैंकको ९ प्रतिशत लाभांश घोषणा
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
सोमध्ये ८ प्रतिशत नगद लाभांश रहेको छ भने १ प्रतिशत बोनस शेयर रहेको छ।
कात्तिक १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।