लुम्बिनी विकास बैंकको नाफा १४३.९६ प्रतिशतले बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म लुम्बिनी विकास बैंकको नाफा १४३.९६% ले बढेर १७ करोड ३२ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यसैअवधिमा बैंकले ७ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । इम्पेयरमेन्ट चार्ज घट्दा र सञ्चालन नाफा बढ्दा नाफा चुलीन पुगेको छ ।
गत वर्ष २४ करोड २६ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष २ करोड ३३ लाख रुपैयाँमा आएको छ । बैंकको सञ्चालन नाफा पनि २१८९.६५% ले बढेर २५ करोड २६ लाख रुपैयाँ पुगेको छ ।
यसअवधिमा बैंकको खुद ब्याज आम्दानी भने ५.२८% ले घटेको छ । असोज मसान्तसम्म आइपुग्दा वितरणयोग्य नाफा १ करोड ९ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी १२ रुपैयाँ ०९ पैसाले बढेर २० रुपैयाँ ४९ पैसा (बार्षिक) पुगेको छ । गत वर्ष प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४० पैसा (वार्षिक) रहेको छ । यसको प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ ०७ पैसा छ ।