अपाचे आरटीआर १६० भी फोर एफ आइ को विशेष संस्करण नेपालमा सार्वजनिक गर्ने तयारीमा जगदम्बा मोटर्स
काठमाडौं । टीभीएस अपाचे आरटीआर १६० भी फोर एफ आइको विशेष संस्करण नेपालमा सार्वजनिक हुने तयारीमा रहेको छ ।
टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले अपाचे आरटीआर १६० भी फोर एफ आइको विशेष संस्करण नेपाल सार्वजनिक गर्ने तयारी गरेको हो ।
अपाचे आरटीआर १६० भी फोर एफ आइ सेग्मेन्टमा ग्राहकहरूका लागि थप छनोटको विकल्प दिने उद्देश्यका साथ विशेष संस्करण ल्याउने तयारी भइरहेको कम्पनीले जानकारी गराएकाे छ ।
अपाचे आरटीआर १६० भी फोर एफ आइ को विशेष संस्करणमा कम्पनीले सेग्मेन्टमै पहिलो पटक विभिन्न थप फिचर पनि उपलब्ध गराउने छ । कम्पनीले सेग्मेन्टमै पहिलो पटक तीन राइडिङ मोड तथा समायोजनको सुविधा सहितको ह्यान्ड ब्रेक लिभर र क्लच लिभर पनि उपलब्ध गराउने सम्भावना प्रबल रहेको छ ।
साथै अद्वितीय डिजाइनमा हल्का र लाउडर बुल्पुप एक्जस्ट संगै टीभीएसका उपभोक्ताले बाटो र मौसमको आवश्यकता अनुसार ड्राइभिङ मोड छनोट गर्न सक्नेछन् ।
अपाचे आरटीआर १६० भी फोर एफ आइ को विशेष संस्करणलाई स्पोर्टी बडी डिलक्स र स्पेशल कलर थीममा तयार गरिएको कम्पनीको भनाइ छ ।