५० औं वार्षिकोत्सवको अवसरमा गल्फ प्रतियोगिता आयोजना गर्दै रुस्लान
![rusla-golf-tournament_CnoxpkGXTJ rusla-golf-tournament_CnoxpkGXTJ](https://www.arthikpati.com/wp-content/uploads/2023/11/rusla-golf-tournament_CnoxpkGXTJ-1024x597-1024x585.png)
काठमाडौं । नेपालकै सर्वोकृष्ट भोड्का, रुस्लानले उत्कृष्ट भोड्का उत्पादनको आफ्नो ५० औ वर्ष पार गरेको छ । सन् १९७३ मा स्थापना भएको रुस्लान भोड्का स्थापना कालदेखि नै उत्कृष्ट गुणस्तर कायम गर्न सफल रहँदै आएको छ। यसै अवसरमा बहु प्रतिष्ठित ब्रान्ड रुस्लानले रोयल नेपाल गल्फ क्लब (RNGC) सँगको सहकार्यमा गल्फ प्रतियोगिता आयोजना गर्दैछ ।
नेपालमै गल्फको सुरुवातकर्ता RNGC ले पनि आफ्नो सञ्चालनको १०७ औं वर्ष मनाउँदै छ । यसै अवसरमा रुस्लान र RNGC दुवैै मिलेर “रुस्लान ५० औं वार्षिकोत्सव गल्फ प्रतियोगिता“ गल्फ प्रतियोगिता आयोजन गर्न गइरहेको हो ।
जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका निर्देशक श्रीहर राणाले भन्नुभयो, “रुस्लानको पाँच दशक यात्रा र RNGC को १०७ औं वर्षको यात्रालाई प्रतिबिम्बित गर्दै यस गल्फ प्रतियोगिता गर्न पाउँदा हामी गौरवान्वित छौै । उत्कृष्टताको साथै यस ब्राण्ड प्रति सहेको विश्वासलाई सदा कायम राख्ने प्रतिबद्धता दिन्छौं ।”
रुस्लान गल्फ प्रतियोगिता यहि कार्तिक १७ र १८ गते रोयल नेपाल गल्फ क्लबमा आयोजना हुन गइरहेको छ जसमा १३० जना RNGC सदस्यहरूको प्रतिस्पर्धा हुनेछ । यस प्रतियोगितालाई रुस्लान र RNGC दुवैले एकअर्कालाई प्रवर्द्धन गर्न र एक उत्सवको रुपमा मनाउन आयोजना गरिएको हो।