ग्लोबल आईएमई बैंकको नाफा १ अर्ब २२ करोड रुपैयाँ, अन्य सुचक कस्तो छ ?
काठमाडौं । ग्लोबल आईएमई बैंकले १ अर्ब २२ करोड नाफा कमाएको छ । आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्मको विवरण अनुसार असोज मसान्तसम्ममा बैंकले सो रकम बराबरको नाफा कमाउन सफल भएको हो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.०४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १८ करोड ९५ लाख रुपैयाँ रहेको थियो ।
बैंकले सो रकम बराबर नाफा कमाउँदा वितरणयोग्य नाफा भने ३ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ रहेको छ । बैंकको खुद व्याज आम्दानी ४ अर्ब ८ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब २० करोड रहेको थियो ।
हाल कम्पनीको चुक्तापुँजी ३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ रहेको छ । बैंकले ४ अर्ब ४३ करोड निक्षेप संकलन गरेर ३अर्ब ५७ करोड कर्जा विस्तार गरेको छ ।
समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १३ रुपैयाँ ७१ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.७४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ६८ रुपैयाँ ३० पैसा रहेको छ।