राष्ट्रपतिबाट आममाफी पाएर रिहा भएका गुण्डा नाइके रिगल सर्वोच्च अदालतकाे आदेशपछि पुनः पक्राउ
काठमाडौं । राष्ट्रपतिबाट आममाफी पाएर रिहा भएका योगराज ढकाल ‘रिगल’ पक्राउ परेका छन् । उनलाई प्रहरीले बाँकेको नेपालगन्जबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले नेपालगन्जको न्यूरोडबाट पक्राउ गरेको हो । सर्वोच्च अदालतले योगराज ढकाल रिगललाई दिइएको आममाफी बदर गर्दै उनलाई तत्काल पक्राउ गर्न आदेश दिएको थियो ।
आदेश लगत्तै उनलाई प्रहरीले पक्राउ गरेको हो । चेतन मानन्धरको हत्या आरोपमा जेल सजाय भोगिरहेका रिगलले राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवशको अवसरमा आममाफी दिएका थिए ।