मल्टिपर्पस फाइनान्सको नाफामा आयो चमक
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मल्टीपर्पस फाइनान्सले ६५ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा १४७४.१६% ले धेरै हो । गत वर्ष यसले ४ लाख १८ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो ।
यो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी २९७.६६% र सञ्चालन नाफा ९८९.४५% ले बढेको छ । यसले गर्दा कम्पनीको नाफा बढ्न टेवा पुगेको छ ।
हाल यसको चुक्ता पुँजी ५९ करोड ५९ लाख रुपैयाँ रहेको छ । यसको रिजर्भ कोषमा भने ६ करोड २३ लाख रुपैयाँ रहेको छ । कम्पनीको खराब कर्जा बढेर १.२२% भएको छ । गत वर्ष खराब कर्जा ०.२२% रहेको थियो ।
यसको प्रतिसेयर आम्दानी ३७ पैसाबाट बढेर ४ रुपैयाँ २२ पैसा (वार्षिक) कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ९५ पैसा छ ।